काठमाडौँ ।
कक्षा तीनमा अध्ययनरत ९ वर्षिय बालिका लक्ष्मी चौलागाईंमाथि मुगुमा बलात्कार पछी भएको हत्याको बिरोधमा नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसले आज बानेश्वर संसद भवन अगाडी प्रदर्सन गरेको छ । उक्त आन्दोलन मार्फत यस्ता किसिमका क्रूर अपराधमा सम्लग्न जो कोही पिडक भए पनि मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसंग माग गरिएको नेपाल विद्यार्थी संघ,नेपाल कमर्स क्याम्पसका नेता बिष्णु हरि खड्काले बताए ।
सो अबसरमा बलात्कार एक गम्भीर अपराध भएको भन्दै सरकारले सत्ताको बलमा अपराधीलाई संरक्षण नगर्न विद्यार्थीले खबरदारी गरेका हुन् । उनिहरुले सरकारसंग नागरिकको मौलिक हकको संरक्षण गर्न पनि माग गरेका छन् । यस्ता किसिमको अपराधीक घटना न्युनीकरण गर्दै घटनामा सम्लग्नलाई हदैसम्मको कार्वाहीको माग गर्दै उक्त प्रदर्सन गरिएको कार्यक्रमका संयोजक नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसका विद्यार्थी नेता बिष्णु हरि खड्काले बताएका छन।
मुगुमा कक्षा तीनमा अध्ययनरत ९ वर्षिय बालिका लक्ष्मी चौलागाईंमाथि बलात्कार पछी भएको हत्याको बिरोधमा केन्द्रीय सर्कुलर बमोजिम नेपाल विद्यार्थी देशभर निरन्तर आन्दोलित रहेको नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले बताएका छन ।