सन्धिखर्क , चैत २७ ।
नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको बैठक शान्तिबगैंचामा सम्पन्न भएको छ ।
बैठकले तेस्रो अधिवेशन सम्पन्न गराउनुहुने प्रमुख निर्वाचन अधिकृत नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराई , निर्वाचन सचिव नेपाल ज्योतिष परिषद् केन्द्रीय सदस्य केशव गौतम , सदस्यहरु लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य तुफान, उपाध्यक्ष केशवराज आचार्य , महासचिव ढुण्डिराज ज्ञवाली लगायतको टिमलाई सौहार्द रुपमा निर्वाचन सम्पन्न गर्नुभएकोमा हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको सचीव विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बैठकले मोतिराज शर्माको संयोजकत्वमा ५ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जसको सदस्यहरुमा सुमन्त पोख्रेल , विष्णुप्रसाद आचार्य , नवीन पौडेल , चिरञ्जीवी पौडेल चयन हुनुभएको छ ।
बैठकमा अध्यक्ष मतिराज शर्मा , उपाध्यक्ष अनन्त प्रसाद घिमिरे , सुमन्त पोख्रेल , सचिव विष्णुप्रसाद आचार्य , सहसचिव चिरञ्जीवी पौडेल , भेषराज पौडेल ,कोषाध्यक्ष नवीन पौडेल , सदस्यहरु हेमन्त आचार्य , गिरिराज खनाल, कृष्ण पन्थी , महेश्वर चुँदाली , जिवनारायण खनाल , नरेश अधिकारी, प्रदेश पार्षद मेघनाथ आचार्य , साधारण साधारण सदस्य नुरदेव आचार्य , आमन्त्रित सदस्यहरु विष्णुप्रसाद भुसाल र यमराज पाण्डे लगायतको उपस्थित रहेको थियो ।
बैठक जिल्ला अध्यक्ष मतिराज शर्माको अध्यक्षता , लुम्बिनी प्रदेश उपाध्यक्ष केशवराज आचार्यको प्रमुख आतिथ्यता , सचिव विष्णुप्रसाद आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।