मिडिया संवेदनशिल बन्नुपर्छः नगरप्रमुख भुसाल

223

हिन्दुखबर संवाददाता
अर्घाखाँची, २८ चैत्र । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले मिडिया क्षेत्र संवेदनशिल बन्नुपर्ने बताएका छन् । लुम्बिनी आवाज डटकमको २०७८ सालको क्यालेन्डर बिमोचनमा नगरप्रमुख भुसालले  मिडियाको काम कसैको पक्षमा बढाईचढाई समाचार नलेखी सत्य र तथ्यमा आधारित भएर समाचार लेख्न र प्रकाशन गर्नका लागी सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

पत्रकार महासंघमा निर्वाचित कार्यसमितीलाई सम्मान गर्दै भुसालले भने, मिडियाले जनतालाई सुसुचित बनाउँनुपर्ने भन्दै कसैको दबाब, लोभ प्रभोलनमा नपरी पत्रकारीता गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापति बिष्णु मुस्कान, नेकपा एमाले माधव नेपालका जिल्ला अध्यक्ष रामबहादुर चौहान, नेकपा एमाले ओली पक्षका जिल्ला सदस्य हिम बहादुर लेकाली, नेकपा माओवादी जिल्ला सदस्य ठाकुर सौराग, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, उपाध्यक्ष बीरेन्द्र केसि, सचिव बिनोद गैरे, सहसचिव हृदय भुसाल, प्रेस मञ्चका केन्द्रीय सदस्य दिनेश सुनारले मन्तव्य राखेका थिए । कार्यक्रममा अनलाईनमा गरेको योग्दानको कदर गर्दै हलिम खान र सागर पौडेललाई सम्मान गरिएको हो ।

कार्यक्रम कपिल पोख्रेलको अध्यक्षता, संस्थापक अध्यक्ष बाबुराम पौडेलको स्वागत र सञ्चालक सुरज रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।