चैत २८, काठमाडौ ।

नेपाली काँग्रेस अर्घाखाँची पाणिनि – काठमाडौ सम्पर्क समितिले २०७८ सालको क्यालेन्डर प्रकाशन गरि आज नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा एक समारोहका लोकार्पण र नववर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता पुर्व मन्त्री ढुण्डिराज शास्त्री, विशिष्ट अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री मानबहादुर विश्वकर्मा , नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद पुष्पा भुसाल, नेपाली काँग्रेस पुर्व केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री रेवतिप्रसाद भुसाल, नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा मुक्ति श्रेष्ठ , नेपाल संस्कृत विश्वविद्यालयका पुर्व उपकुलपति प्राडा माधवराज गौतम , नेपाल विद्यार्थी संघ अर्घाखाँचीका पुर्व अध्यक्ष धर्मराज भुसाल, सम्पर्क समितिका सल्लाहकार भविश्वर घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

No description available.

कार्यक्रम सम्पर्क समिति अध्यक्ष शोभाकर पोख्रेलको अध्यक्षता, उपाध्यक्ष हरि पाण्डेको स्वागत मन्तव्य एवम् सचिव अर्जुन अधिकारीको सन्चालनमा सम्पन्न भएको थियो ।