हिन्दुखबर संवाददाता अर्घाखाँची, चैत्र ३० ।

उर्जा, जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझीले नाैमुरे बहुउद्देश्यीय अायाेजनाकाे कार्यालय उदघाटन गर्नु भएकाे छ । कार्यालय उद्घाटन भएसँगै २ सय ८१ मेगावाट क्षमताकाे अायाेजना निर्माण कार्यले गति लिने विश्वास गरिएकाे छ । राप्ती नदीमा १ सय ६९ मिटर अग्लाे बाँध बनाई पानी संचय गरी प्रयाेग गर्ने गरि प्रस्ताव गरिएकाे बहुउद्देश्यीय अायाेजना अन्तर्गत तिन अाेटा अायाेजना निर्माण गर्न लागिएकाे छ ।

प्यूठानकाे सरूमारानी गाउँपालिका वडा नं. ३ र अर्घाखाँचीकाे सितगंगा नगरपालिका वडा नं. ७ र ८ काे सिमानामा नाैमुरे बाँध बनाई सरूमारानीमा विद्युतगृह निर्माण गरि २१८.३४ मेगावाट क्षमताकाे नाैमुरे जलविद्युत अायाेजना निर्माण गरिँदै छ । सितगंगा ७ काे लामातालमा रि रेगुलेटिङ बाँध बनाई ८ मेगावाटकाे लामाताल जलविद्युत अायाेजना निर्माण गरिने भएकाे छ । यस्तै लामाताल जलविद्युत अायाेजनाकाे टेलरेसबाट छाेडिने केहि पानीकाे प्रयाेग गरी सितगंगा नगरपालिका हुँदै सुरूङ मार्फत अर्घाखाँची र कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं.१ काे सुराइ खाेला नजिक रहने विद्युतगृहबाट ५४.७ मेगावाटकाे सुराईनाका जलविद्युत अायाेजना निर्माण गरिँदै छ । बहुउद्देश्यीय अायाेजना निर्माणका लागि १ खर्व २८ अर्व बजेट अनुमान गरिएकाे छ । कार्यालय उदघाटन गर्दै मन्त्री रायमाझीले नाैमुरे परियाेजना निर्माणकाे कार्यलाई अब कसैले राेक्न नसक्ने बताउनुभयाे ।

उहाँले जलविद्युत, सिंचाइ सुविधा, माछा पालन, बाढी नियन्त्रण र पर्यटन लगायतका धेरै फाइदायुक्त अायाेजना निर्माणले सयाैं व्यक्तिले राेजगारी पाउने बताउनुभयाे । उहाँले नाैमुरे बहुउद्देश्यीय अायाेजना निर्माणकाे कार्य सम्पन्न भएपछि लुम्बिनी प्रदेशकाे समृद्धिकाे ढाेका खुल्ने बताउनुभयाे । मन्त्री रायमाझीले अवकाे बजेटमा नाैमुरे परियाेजनाकाे लागि अावश्यकीय वजेट विनियोजन गरि काम अघि बढाइने बताउनुभयाे । कार्यक्रममा अर्घाखाँचीका प्रदेश सांसद रामजी प्रसाद घिमिरे, प्यूठानका सांसद हरि रिजाल, कपिलवस्तुका सांसद अर्जुन केसी,जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख ऋषि पुलामी, सरूमारानी गाउँपालिकाका झगबहादुर विश्वकर्माले मन्त्री रायमाझीकाे सक्रियता र अगुवाइमा अायाेजना निर्माण हुन लागेकाे भन्दै समयमै अायाेजना निर्माण सम्पन्न गर्न सबै पक्षकाे सहयाेग जरूरी रहेकाे बताउनुभयाे । कार्यक्रममा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, उपमहानिर्देशक संजय ढुंगेल, अायाेजना प्रमुख गाेपी प्रसाद शाहले नाैमुरे बहुउद्देश्यीय अायाेजना जस्ताे प्रचुर संभावना बाेकेकाे अन्य कुनै अायाेजना नरहेकाे दावी गर्नुभयाे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खडका (उज्ज्वल), प्रदेश सांसद तथा नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण अाचार्य, प्रदेश सांसद जाल्पा भुसाल, एमालेका केन्द्रीय सदस्य गिरिधारीलाल न्याैपाने, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पाैडेल, प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायतकाे अातिथ्यता थियाे ।