टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’, के–के छन् सुविधा?

299

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न प्याकेज सहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ। यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित यो अफर ल्याइएको हो।

मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ। १४ जिबी डेटाअफर जम्मा दुई सय ९९ मा उपलब्ध गराइएको छ।

यो अफर अन्तर्गत १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डेटाअफर ल्याइएको छ। ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ। यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ।

यससँगै दुई घण्टासम्म असीमित डेटाप्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर थप गरिएको छ। यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा दुई सय ८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डेटाप्याक अफर ल्याइएको छ। यो प्याक अन्तर्गत लिइएको ३ जिबी डेटाजुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ।

यसैगरी डेटाप्याक अन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जिबी डेटाप्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ। यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ।

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी छ। यसकारण ग्राहकका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको कम्पनीको भनाइ छ।

विभिन्न प्याकेज पाउन ग्राहकले १४१५ डायल गर्नुपर्ने छ।

कम्पनीकाअनुसार ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा किन्न सकिन्छ।  उक्त अफर अन्तर्गतका सेवाहरु भोलि मंगलबारदेखि (चैत ३१) ९० दिनसम्म उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।