ज्योतिष परिषद् रूपन्देही द्वारा नववर्ष २०७८ सालको भित्तेपात्रो विमोचन

378

बुटवल । नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति रूपन्देही द्वारा प्रकाशित नव वर्ष २०७८ सालको भित्तेपात्रोको सोमबार विमोचन गरिएको छ। रूपन्देहीको योगिकुटी स्थिति दुर्गामन्दिर देवस्थलमा सम्पन्न विमोचन कार्यक्रममा श्रीमद्भगवत गीता पुस्तक वितरण समेत गरिएको थियो।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् केन्द्रीय सल्लाहकार थानेश्वर देवकोटा, विश्व हिन्दु महासंघ रूपन्देहीका उपाध्यक्ष प्राध्यापक डा. बाबुराम ज्ञवाली , परिषद्का लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपाने , गीता वितरणका अभियान्ता चुरामणी पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम ज्योतिष परिषद् रूपन्देही अध्यक्ष चक्रपाणी डुम्रे अध्यक्षता , उपाध्यक्ष त्रिभुवन न्यौपानेको स्वागत एवं सह सचीव ज्ञानहरी अर्यालको संचालनमा सप्पन्न भएको कार्यक्रम संयोजक निजानन्द पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा परिषद्का सदस्यहरू , आमासमुह , मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू लगायतको उपस्थिती रहेको थियोे ।