सरकारको नेतृत्व गर्नका प्रचण्डको हैसियत पुगेन, अन्य दलले पत्याएनन्ः मन्त्री रायमाझी

421

घनश्याम पौडेल
अर्घाखाँची, ३१ चैत्र । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ५ वर्षसम्म चलिरहने बताएका छन् । सरकारको समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिन सकेको छैन, फिर्ता लिएपनि वैकल्पिक माध्यमहरु भएकाले सरकार टिकिरहने बताएका छन् ।

प्रेस संगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले सरकार ढलाउछौं भन्ने सपना नदेख्न आग्रह गर्दै अन्य दलले सरकार बनाउँन नसक्ने बताएका छन् । अन्य सानासाना दललाई समेटेर सरकार बनाउँन पनि कठिन छ, सरकारको नेतृत्व कसले गर्ने भन्ने सम्बन्धमा पनि अलमल भएका कारण केपी ओली नेतृत्वको सरकार टिकिरहने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउँने प्रयास भईरहेको मन्त्री रायमाझीले बताए । तिन दल मिल्दा पनि सरकार बनाउँनका लागी सहमती नजुटेका कारण माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए ।

सरकारको नेतृत्व गर्नका लागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हैसियत नभएको र अन्य दललाई नेतृत्व गर्न समर्थन गर्दा पनि नपत्याएको टिप्पणी गरेका छन् । संसद विघटन प्रक्रिया अंसवैधानिक, अलोतान्त्रिक भनेर व्यापक आन्दोलन भएतापनि देश विधिअनुसार नै फेरी तत्काल निर्वाचनमा जान सक्ने स्थिती आउँने बताएका छन् ।

माओवादी केन्द्र छोडेर एमालेमा लागेकोमा पछुतो नलागेको बताउँदै मन्त्री रायमाझीले विचार, राजनिती, विकास समृद्धी मुख्य विषय भएकाले देशको हितको पक्षमा लाग्दा फेरी पनि मन्त्री र सासंद बन्नलाई कुनै कठिनाई नपर्ने बताएका छन् ।

माओवादी केन्द्रले पार्टीको संसद पदबाट हटाएपछि पुनः ६ महिनाका लागी मन्त्री बनेका रायमाझीले भने ‘पार्टीमा देखिएको अस्थिरताका कारण देशभर मध्याबधी निर्वाचन हुन पनि सक्छ, निर्वाचनमा प्रचण्ड, माधव नेपाल, काँग्रेस सबैलाई लैजान्छौँ, ओली नेतृत्वको सरकारले नै निर्वाचन गर्न सक्छ।’ मध्याबधी निर्वाचन नुहुने देखिएमा रिक्त रहेका ठाउँमा जेठदेखी असोजसम्ममा उपनिर्वाचन हुन्छ, मन्त्री रायमाझीले भने ।