केदार गजुरेलको काठे लाेक दाेहाेरी ‘बढ्न थाल्यो जोश’ बजारमा (भिडियोसहित)

416

काठमाडौँ । गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

गायक केदार गजुरेलले आफुले दर्शकहरुले आफ्नो गीत मन पराउनेमा विश्वस्त रहेको बताए । “मैले ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा ल्याएको छु । दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।”

गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र संगीत संयोजन गरेका हुन । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन ।

भिडियोमा केदार न्यौपाने,मन्दिरा तिमल्सिना, केदार गजुरेल,रमेश राउत,कुमार गजुरेल,देवराज सिम्खड,सुनिता गजुरेल,मेनु थापा,सन्तलि गजुरेल् सरिता खड्का,गीता दाहाल,तुल्सा ,जानुका काफ्ले,पुरुसोतम थापा, यदु
कोइराला, पुन्य सापकोटा,दिपक चौलागाई ,राजु चौलागाई,डि.भि थापा लगायतलाई देख्न सकिन्छ ।