काठमाडाैं । वि.सं. २०७८ सालको कुरा गर्दा यो सालको सम्वत्सर नाम राक्षस हो। यो वर्षकाे राजा मंगल ग्रह हो भने मन्त्री पनि यो वर्ष मंगल ग्रह नै हो ।मंगल् ग्रहको कारण यो वर्ष देशमा आपराधिक घटनाहरुमा वृद्धि हुनेछन । नशा एवं मुटु रोगीकाे संख्यमा वृद्धि हुने देखिन्छ । यो वर्ष सेनाको बिकास ,शक्ति र हतियारमा वृद्धि भयता पनि सेना एवं सुरक्षा निकायहरु अलि आक्रमक हुदा बिवादास्पद कार्यमा धेरै पटक मुछिने छन। चिकित्सा क्षेत्र ठूलो खोज विकास होला। उद्योग एवं व्यपार मध्यम होला नै हाेला । बैंक ,वित्तिय सस्था एवं शहकरी सस्थामा अलिक झमेला एवं विवाद देखिएला । मासुजन्य कृषि उत्पादन एवं ब्यापारमा वृद्धि होला ।खेतीपति ,जल ,दुधजन्य पदार्थका काममा यो बर्ष तेति राम्रो नहोला ।बर्षा एवं हिमपात मौसम अनुकुल नहुदा जनजीवन प्रभावित होला। अग्निभय,सिमा विवाद ,राजनीतिक खिचातानी बढेर जानेछ। शासन बर्ग कठोर भैई नियम कानुन कडा हुन् सक्ने बर्ष पर्दछ।
ग्रहमंडलीय अवस्थाको आधारमा यो वर्ष चन्द्र कुण्डलीलाई मात्र आधारले हेर्दा १२ राशिहरुलाइ निम्न अनुसार फल मिल्ने छ।
मेष राशी : वर्षको सुरुसंगै जोस जागर बढेर जानेछ। ज्ञान एवं बौद्धिकताको सहि सदुपयोगबाट आय, कर्म तथा भाग्यमा वृद्धि होला। परिवारिक प्रेम एवं दम्पतय जीवन सुखमय होला। बोलिमा नियन्त्रण एवं अनावश्यक खर्चमा ध्यान राख्नु होला। भौतिक सुख सम्पतिमा वृद्धि हुने हुँदा अत्मबिस्वाश बढेर जानेछ।
बृश राशी : वर्ष सामान्यतया मध्यम होला।मान सम्मानमा कमि आउनुका साथै साझेदार, जीवनसाथी बीच मनमुटाव एवं सुखमा कमि होला । जीवन साथीको स्वास्थ्यमा बिशेष साबधनी राख्नु होला । आय सोचे जस्तै होला ।हरेक कार्य गर्दा मेहनत तथा जिम्मेवार भएर गर्नु होला । वैदेशिक काममा भने सफलता पाउने योग छ ।
मिथुन राशी : यो वर्ष काम काजमा सफलता मिल्नेछ। सरकरी तथा राज्यबाट सहयोग मिल्नेछ । कार्य एवं व्यापार वृद्धिले आर्थिक स्थिति मजबुत होला।धर्ममा विशेष रुचि जानेछ।पारिवारिक जीवन सुखमय होला।
कर्कत राशी :- आय एवं कार्यमा बिलम्व भए पनि अन्तत सबै प्रकारको सुखको भोग होला। बोलिमा नियन्त्रण र शैक्षिक क्षेत्रमा विशेष जोड दिनु होला।
सिह राशी:- माताको स्वास्थमा ध्यान दिनुहोला। वैदेशिक काममा विशेष सफलता मिल्ने योग छ। भौतिक एवंआध्यात्मिक सुखमा वृद्धि होला।कार्यमा रोकावट एवं विवादको वातावरण आउने हुदा जिम्मेवार भएर कार्य गर्नुहोला ।व्यापार एवं वैवाहिक जीवन सफल होला।
कन्या राशि :- शैक्षिक एवं सन्तन सुखमा कमि होला।धन कमाउनको लागि प्रयत्न धेरै गर्नु पर्नेछ । मन चिन्तित हुनुका साथै बोलिको प्रभावमा कमि आउला। सानातिना घटनाले मन भने दुखी एवम् निराश बनाउला।
तुला राशी :- वर्ष मध्यम होला।आयमा वृद्धि भए पनि खर्च अनियन्त्रित हुनेछ। परिवारको स्वास्थ्यम अलि ध्यन दिनु होला।बोलिमा नियन्त्रण गर्दै सम्बन्ध सुमधुर बनाउनु होला।वैदेशिक कार्यको लागि बर्ष राम्रो छ।
बृस्चिक राशी :- वर्ष शुभ नै बित्ने छ।पारिवारिक सुखमा वृद्धि होला।जग्गा ,जमीन एबम वहन सुखको योग छ। प्रेम एबम वैवाहित जीवन मध्यम होला।चिन्ता एबम असन्तोष बढेर जानेछ।
धनु राशी :– व्यापार तथा कुटनैतिक कार्यमा सफलता मिल्ने छ । धर्ममा रुचि बढेर जानेछ । आयमा , विद्या तथा सन्तान सुखमा वृद्धि होला।शत्रु सक्रिय भए पनि जीत तपाईंको होला।हरेक कार्य गोपनिय तरिकाले गर्नु होला ।सफलता आवस्य मिल्नेछ ।
मकर राशि :- धन सम्पतिमा वृद्धि होला। माता एबम अन्यको सल्लाह तथा सहयोग मिल्ने छ। राज्यद्वारा सम्मान पाउनुका साथै हरेक कार्यमा सफलता पाउनुु हुनेछ । घरेलु वातावरण सुखमय होला।जिद्दीपन छोडेर सकारात्मक सोचका साथ अगि बढनुहोला।
कुम्भ राशि :- बोलिको प्रभावमा प्रगती होला। भाग्यले साथ दिने हुदा हरेक कर्य सफल होला। यात्रा अनि धर्मिक कार्यम भने पूर्ण लाभ मिल्ने छ। पराक्रम अनि मान सम्मानमा मिल्ला। हतारको निर्णय लिनु भन्दा विवेक पुर्याउनु होला ।वैदेशिक कार्यमा लाभ मिल्ला।
मीन राशी:- वर्ष मध्यम हुनेछ। आर्थिक उन्नति दायक समय छ।काम एबम व्यापार मध्यम हुनेछ।प्रशासनिक काम एबम क्षेत्र बाट हानि मिल्ला। रोग ,चिन्ता एबम अनावश्यक खर्च बढेर जनेछ।शत्रु पक्ष बलियो होला ।
यो वार्षिक राशिफल तपाईको चन्द्र कुन्डलीलाई आधार मानी तयार गरिएको हो ।आधिकरिक फलका लागि तपाईको जन्म समय ,स्थान र लग्न अनुसारको अनिवार्य योग्य ज्योतिषीहरुलाई भेत्नु नै पनेछ।