प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको हाे ।

उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ ।

प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

दुर्घटना स्थलमा प्रहरीको टोली पुगेर उद्धार कार्यमा खटिएको उनले बताए ।