शितगंगा-१० सिद्धारामा शिक्षक संघद्धारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

222

हिन्दुखबर संवाददाता
शितगंगा, १ बैशाख । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १० सिद्धारामा नेपाल शिक्षक संघले नयाँ वर्ष २०७८ सालको पावन अबसरमा शुभकामना आदानप्रदान, सेवानिवृत शिक्षक सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सचिव छविलाल पौडेलले नयाँ वर्षको आगमनसँगै नेपाली काँग्रेस पार्टी विकासको लागी एकढिक्का भएर अगाडी बढ्ने बताउँनुभयो ।

कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख तथा महासमिती सदस्य सुर्यप्रसाद अधिकारीले नगरले विकास निमार्णमा तिव्रता पाएको बताउँनुभयो । उहाँले नगरले पुर्वाधार निमार्णसँगै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खेलकुद, खानेपानी, मोटरबाटा ममर्त तथा निमार्णको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँनुभयो । महासमिती सदस्य यादवप्रसाद घिमिरेले शिक्षकहरुको हक र हितका लागी शिक्षक संघले आवाज उठाईरहेको बताउँनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले काँग्रेसको संगठन मजवुद बनाउँन सबै एकजुट हुनुपर्ने बताउँनुभयो ।

काँग्रेसका जिल्ला सदस्य माधव पौडेल, नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेश सचिव नन्दराम भट्टराई, शिक्षक संघ केन्द्रीय प्रतिनिधी सदस्य जिवलाल पोख्रेल, शिक्षक संघ शितगंगाका अध्यक्ष राजेन्द्र केसि, वडा अध्यक्षहरु कमल पौडेल, मोहन पन्थि, कपिल आले, हिम्मत पोख्रेल लगाएतको उपस्थिती रहेको थियो ।

No description available.

कार्यक्रम शिक्षक संघ वडा नं. १० का अध्यक्ष दुर्गा बेल्बासे अध्यक्षता, शिक्षक संघ शितगंगा नगर उपाध्यक्ष दुर्गा बेल्वासेको स्वागत र ईश्वरी पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो । सोही कार्यक्रमको अवसरमा सेवानिवृत शिक्षकहरूलाई सम्मान पनि गरिएको थियो ।