टङ्क पराजुली रसिकको लघुकविता

241

यादहरु मा एकदिन
जीन्दगीका रित्तापानाहरुमा
कैयन् सपनाहरुको चित्र कोर्न मन छ
अनि ति अतितमा कोरिएर च्यातिएका
पानाहरु,
याद छ मलाइ
ति दिनहरु बाँचिबाँचि मरेको
विच्छिन्न ती सपनाहरुलाइ
फेरी एकपटक तिलाञ्जलि दिनुछ ।
ए , बिर्सेछु क्यारे
म त कैयन् सपनाहरुको
गुण्टो बोकेर
अबिराम यात्रामा निस्केको बटुवा
दीन र हिनहरुले चिथरेका छन मलाइ
अनि , ती बिषालु काँडाहरुले
पाइला पाइलामा घोचीरहेछ्न ।
रगतले प्यासमेट्ने र
आशुमा पौडि खेल्ने लाइ के थाह
युगान्तक मेरो अविराम यात्रा – रसिक