गोरखा,बैशाख,३

नेपाल ज्योतिष परिषद् गोरखा जिल्ला को तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
गोरखामा सम्पन्न उक्त कार्यक्रम दिप प्रज्वलन साथै स्वस्तिवाचन गरि शुभारम्भ गरियको थियो
अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि गण्डकी प्रदेश अध्यक्ष राम प्रसाद कोईराला रहनु भएको थियो भने विशिष्ट अतिथि केन्द्रीय सदस्य ( निर्वाचन अधिकृत)ज्यो पं वासुदेव सुवेदी रहनु भएको थियो। कार्यक्रममा अतिथि कल्की पोखरेल (विदुर) शम्भु ढकाल लगायत ले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रम जिल्ला अध्यक्ष मीन प्रसाद भट्टराई ज्यू को अध्यक्षता मा भएको थियो उक्त कार्यक्रम संन्चालन सचिव वोध प्रसाद अधिकारी ले गर्नु भयको थियो ।

निकैसौहार्द पुर्ण वातावरण मा सम्पन्न उक्त कार्यक्रम दोस्रो सत्र मा निर्वाचन प्रक्रिया प्रारम्भ भएको उक्त कार्यक्रम मा अध्यक्ष कृष्ण प्रसाद भट्टराई सर्वसम्मत हुनुभयको छ। भने सचिव वोध प्रसाद अधिकारी , कोषाध्यक्ष मा लाल प्रसाद भट्टराई उपाध्यक्ष मा शम्भु प्रसाद ढकाल लगायत का पदाधिकारी निर्वचित हुनु भएको छ। विशिष्ट सल्लाहाकार मा मीन प्रसाद भट्टराई रहनु भएको छ ।

कार्यक्रम मा निर्वाचन अधिकृत वासुदेव सुवेदी ले निर्वाचित अध्यक्ष लगायत पदाधिकारि लाई शुभकामना दिदै, सपथ ग्रहण गराउनुका, साथै प्रमाण पत्र वितरण गर्नु भएको थियो।