ज्योतिष परिषद मकवानपुर अध्यक्षमा पुन:सापकोटा

284

४ बैशाख, हेटौंडा । ज्योतिष परिषद मकवानपुरको ५औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नेपाल ज्योतिष परिषद केन्द्रिय समितिका अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद जिल्ला अध्यक्ष हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा शनिबार हेटौंडामा परिषदको ५ औं अधिवेशन सम्पन्न भएको हो ।

आज भएको अधिवेशनले परिषद मकवानपुरमा नयाँ नेतृत्व चयन गरेको हो । पुन: हरिप्रसाद सापकोटाको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा यादवराज बराल,मातृका नेपाल, सुनिल रुपाखेती सचीवमा दामोदर धिताल, सहसचिवमा कुश अधिकारी, यदुनाथ सुबेदि कोषाध्यक्षमा पबित्रा पौडेल, सहकोषाध्यक्षमा ज्ञान प्रसाद घिमिरे त्यसैगरी सदस्यहरुमा सुरण दहाल, रामहरि भट्टराई, ईन्द्रप्रसाद नेपाल, डुल प्रसाद दहाल, केशव प्रसाद पौडेल, नारायण प्रसाद पौडेल, प्रेमप्रसाद नेपाल, कृष्णप्रसाद घिमिरे, बिष्णु प्रसाद घिमिरे, बिष्णुप्रसाद दहाल, श्यामप्रसाद शर्मा न्यौपाने, चेत ब स्याङ्तान, मधुकर बर्तौला चयन भएका छन।

कार्यक्रममा ज्योतिष परिषद केन्द्रिय वरिष्ठ उपाध्यक्ष केशब धिताल,महासचिव कमल काफ्ले र कोषाध्यक्ष भुपेन्द्र घिमिरेको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा परिषद केन्द्रिय सदस्य द्वय गणेश धिताल, गोबिन्द दुवाडी, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण घिमिरे,प्रदेश उपमहासचिव गोबिन्द सन्जेल, कांग्रेस मकवानपुर सदस्य एवम रुद्रेश्वर समिति अध्यक्ष राजिव सुवेदी, सल्लाहकार बासुदेव बत्सको लगायताको उपस्थिती रहेको थियो।