प्रशान्त पराजुली ।

केही महिना अघि सम्म,सुस्त गतिमा चलिरहेको कोरोनाले अहिले पुन तिब्र गति लिएको छ। नया भेरियन्टको कोरोना,जुन अहिले बढी रहेको छ,त्यो बिधालय पढ्ने उमेरका लाई बढी संक्रमीत हुन सक्ने आशंका छ।
एक दिनमा हेर्ने हो भने अहिले १४ भन्दा कम उमेरका ४०-५०जना लाई कोरोना लागि रहेको छ ।

के यस बिषयमा संबंधित निकाय र सरकारको ध्यान पुगेको छ त?

केही दिन अघि बाट यस बिषयमा निकै बैठकहरु भएका छन भने केही संस्थाहरुले फरक फरक खालका विज्ञप्ती झिकिरहेका छन।

बैठक बस्ने निर्णय हुने नसक्ने,बैठक बस्ने निर्णय हुन नसक्ने। यहि प्रकिया चलिरहदा बिद्यार्थी र अभिभावकहरुको मनमा असन्तुष्टी छाएको छ।

कोही सरोकारवालाहरु बिद्यार्थीलाई घरै राख्नुस भनेको छन भने कोहि सरोकारवालाहरुले सुरक्षीत मापदण्ड अपनाइ बिधालय पठाउनु भनेका छन,कोहि शिक्षाविद्ले बिधालय खोल्न सुझाव दिएका छन भने कोहि शिक्षाविद्ले बिधालय बन्द गर्न सुझाव दिएका छन।

एस बिषयमा सबै अन्योलमा परेकाले र यस बिषयमा ठोस निर्णय हुन नसकेकोले बिद्यार्थीको भविस्य र ज्यान,दुवै संकटमा परेको देखिन्छ।

सिसिएमसि र मन्त्रीपरिषद बारम्बार बैठक बस्दा पनि,किन एस बिषयमा निर्णय लिन सकेको छैन?
सरकार कता छ?
बिद्यार्थी को भविस्य,स्वास्थ्य के होला?
संबंधित निकायको ध्यान किन गएको छैन?
बिधालय खोल्दा सुरक्षित कि बन्द गर्दा?
यी लगायतका विभिन्न खालका प्रश्नहरु अहिले बिद्यार्थी र अभिभावकको मुखमा झुन्डिएको छ।

अझै पनि यस्को जिम्मा सरकारले लिने कि स्थानीयले लिने भन्ने कुरा प्रष्ट नभएको र ढिलो निर्णयले गर्दा,भयावह अवस्था सिर्जना हुन सक्ने विद् हरुले बताइरहेको छन।
त्यसैले म सरकार,शिक्षा मन्त्रालय,स्वास्थ्य मन्त्रालय लगाएत सम्बन्धित निकायहरु सङ्ग छिटै यस बिषयमा छलफल होस र ठोस निर्णय निक्लियोस भनेर आग्रह गर्न चाहन्छु।

अहिलेको अवस्थालाई बुझी र सबैको हितमा रहेर, छिटै नै निर्णय हुने छ भन्ने कुरामा म विश्वस्त छु। लेखक विश्व हिन्दु युवा संघ कास्किका बाल अध्यक्ष हुन् ।

धन्यवाद !