केक काटेर वैदिक मन्त्र उच्चारण गर्दै ज्योतिष महासंघको १९ औँ वार्षिकोत्सब सम्पन्न

605

काठमाडौ , वैशाख ५ ।

दक्षिण एसियाली ज्योतिष महासंघको १९ औँ वार्षिकोत्सब कार्यक्रम राष्ट्रिय समितिको कार्यालय डिल्लीबजार काठमाडौमा सप्पन्न भएको छ ।

कार्यक्रममा वैदिक विधि अनुसार दिप,कलश,गणेश र अष्टचिरन्जिविको पुजा गरेर मनाइएको दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति पं खिलनाथ काफ्लेले बताउनुभयो । पुजामा कर्ताको रुपमा पं काफ्ले रहनुभएको थियो भने पुजाको आचार्य दक्षिण एसियाली ज्योतिष महासंघ वाग्मती प्रदेश सभापति पं. टिकाराम घिमिरेले गर्नुभएको थियो ।

 

वैदिक विधि अनुसारको पुजा पछी औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. सहदेव विष्टले ज्योतिषीहरुको यो उत्साहजनक उपस्थितिले संस्था यहाँ सम्म आउन पुगेको बताउँदै महासंघमा योगदान पुर्याउने सम्पुर्ण गुरुहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

No description available.

कार्यक्रममा महासंघका पुर्व अध्यक्षहरु डा लोकराज पौडेल , सहप्राडा माधवप्रसाद पाण्डे , नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे , महासचिव कमलप्रसाद काफ्ले , कोषाध्यक्ष भुपेन्द्रराज घिमिरे , महासंघका उपाध्यक्ष डा देवीप्रसाद खनाल, किरात ज्योतिष उत्थान संघका अध्यक्ष डा चन्द्रकुमार शेर्मा लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय समितिका महासचिव आचार्य लक्ष्मण पन्थीले गर्नुभएको थियो ।