अर्घाखाँची जिल्लाकाे पाणिनि पर्यटन समाजकाे २०७८ सालकाे क्यालेन्डर विमाेचन

415

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ५ चैत । अर्घाखाँची जिल्लाकाे पाणिनि पर्यटन समाजले २०७८ सालकाे क्यालेन्डर विमाेचन गरेकाे छ ।

क्यालेन्डर विमाेचन गर्दै पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गाैतमले पर्यटन समाजले पाणिनि गाउँपालिकाका धार्मिक तथा पर्यटकिय स्थलकाे प्रचारप्रसार गर्नमा ध्यान दिन आग्रह गर्नुभयाे ।

उहाँले पाणिनि गाउँपालिकाकाे चिनारी बनाउनका लागि पर्यटन समाजलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पाणिनि गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गाैतमले पर्यटन समाजले सामाजिक क्षेत्रमा क्रियाशील रहेकाे बताउँदै समस्या परेका ठाउँमा आगामि दिनमा पनि सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, वडा अध्यक्ष सुभवहादुर सारू लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

साेहि कार्यक्रमकाे अवसरमा पाणिनि गाउँपालिका र पाणिनि पर्यटन समाजले नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीकाे सदस्यमा निर्वाचित भएकाेमा पत्रकार घनश्याम पाैडेललाई सम्मानित गरेकाे छ । पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गाैतम, उपाध्यक्ष लक्ष्मि गाैतम, पर्यटन समाजका अध्यक्ष झविन सुनामले सम्मान गर्नुभएको हाे ।

साेहि अवसरमा पाणिनि गाउँपालिका वडा नम्बर-३ खिदिम हर्राबाेटमा आगाेलागिबाट नारायणी आत्रेय घर जलेर नष्ट भएकाेमा पर्यटन समाजले आर्थिक सहयाेग गरेकाे छ । पर्यटन समाजका अष्ट्रेलिया प्रमुख ज्याेति केसिकाे पहलमा संकलित २० हजार रूपैयाँ हस्तान्तरण गरेकाे छ ।

क्यालेन्डर विमाेचन कार्यक्रम पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनामकाे अध्यक्षता, उपाध्यक्ष धुव्रराज घिमिरेकाे स्वागत र सचिव केशव बन्जाडेकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।