काठमाडौ , वैशाख ३ ।
नेपाल ज्योतिष परिषद् वाग्मती प्रदेश समितिद्वारा प्रकाशित २०७८ को भित्तेपत्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा लोकराज पौडेल , केन्द्रीय अध्यक्ष माधवराज पाण्डे , महासचिव कमल प्रसाद काफ्ले, उपाध्यक्ष लेखनाथ न्यौपाने , निवर्तमान सचिव लक्ष्मण पन्थी,केन्द्रीय सदस्य खिलनाथ काफ्ले , श्रीकेश कौशिक, कृष्णप्रसाद अर्याल , क्यालेन्डर प्रकाशन समितिका संयोजक रामप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम प्रदेश अध्यक्ष राजिव आचार्यको अध्यक्षता उपाध्यक्ष दिपक दाहालको स्वागत मन्तव्य एवम् महासचिव बद्री अर्यालको सन्चालनमा सम्पन्न भएको थियो ।