खड्कालाई सभापति देउवाले गरे ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनीत

347

काठमाडौ । नेपालको लोकतान्त्रिक आन्दोलनमा दुख कष्ट सहेर अत्यन्त कठिन र प्रतिकुल समयमा समेत राष्ट्रियता लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न संलग्न भई गरेको योगदानलाई कदर गर्दै थम्मन खड्कालाई नेपाली काँग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनीत गरेका छन् ।

 

सभापति देउवाद्वारा हस्ताक्षरित उक्त मनोनयन पत्र

No description available.

गुल्मी जिल्ला तत्कालीन जुभुङ्ग गाविस वडा नम्बर १ निवासी ७८ वर्षीय थमनबहादुर खड्का नेपाली काँग्रेसको तर्फबाट दुईपटक जुभुङ्ग गाविस अध्यक्ष र पाँच पटक नेपाली काँग्रेसको जुभुङ्ग गाविस सभापति एवम् अहिले दरबार देविस्थान गाउँपालिका १ को वडा सभापति हुनुहुन्छ ।

वहाँका दुई छोरा र १ छोरी हुनुहुन्छ । गुल्मी जिल्लाबाट नेपाली काँग्रेस जिल्ला कार्य समितिबाट सिफारिस भएका मध्ये थमन बहादुर खड्कालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनितीज्ञ सभा सदस्य पदमा मनोनीत गर्नुभएकोमा नेपाली कांग्रेस गुल्मी र समग्र लुम्बिनी प्रदेश गौरवान्वित भएको काँग्रेस कार्यकर्ताहरुले बताए ।

नेपाली काँग्रेसले यसरी ग्रामीण क्षेत्रमा संगठन विस्तारमा अहम् भुमिका खेलेका लब्धप्रतिष्ठित व्यक्ति तथा समाजसेवी र ज्येष्ठ नागरिकहरुको अन्तर आत्मादेखिको सहयोगले नेपाली कांग्रेस अझै सशक्त र सुदृढ हुँदै जाने नेपाली काँग्रेस गुल्मीले बताएको छ ।