मेलमिलाप सम्बन्धी ८ दिने तालिम सन्धिखर्क नगरपालिकामा सुरूवात

191

घनश्याम पाैडेल
अर्घाखाँची, ९ बैशाख । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकामा मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत तालिमकाे सुरूवात भएकाे छ । तालिमकाे उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले मेलमिलाप मार्फत न्याय सम्पादन गर्नु उपयुक्त हुने बताउँनुभयाे । उहाँले न्यायकाे पालना सबैले गर्नुपर्ने, कहि कसैलाई न्याय छुट नहुने बताउनुभयो ।

कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश बासुदेव न्याैपानेले मेलमिलाप मार्फत न्याय सम्पादन हुदाँ दुबै पक्षले जित्ने बताउनुभयो ।

सरकारी वकिल कार्यालयका सहायक न्याधिवक्ता निरज शर्मा, सहजिकरण संस्था शान्तिका लागि सम्रग विकासका लागि संस्थाका अध्यक्ष विद्या खनाल लगाएतले सिकेकाे कुरा व्यवहारमा प्रयाेग गर्न आग्रह गर्नुभयाे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयाेजक ठाकुर विककाे अध्यक्षता, कार्यालयका न्यायिक समितिका सदस्य जिवनारायण आचार्यकाे सञ्चालन र न्यायिक समिति सदस्य आशा परियारकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । १६ गतेसम्म सञ्चालन हुने तालिमकाे शान्तिका लागि सम्रग विकास संस्थाले सहजिकरण गर्ने छ ।