नेकपा एमाले केपी ओलिको मुलधारमा रहि अघि बढ्ने युवा नेता पाण्डेको उद्घोष

696

रुपन्देही , वैशाख १० ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशका सफल व्यवसायी युवा नेता राजेन्द्र पाण्डे बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् । पाण्डे सँगै एमाले प्रवेश गर्नेहरुमा केन्द्रीय सदस्यहरु नारायण आचार्य र रेमलाल पौडेल ( नवीन ) हुनुहुन्छ । बुधबार प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलि र खानेपानी मन्त्री मणिचन्द्र थापाले तिनैजनालाई टीका तथा खादा लगाई पार्टी प्रवेश गराएका हुन् । उनले आगामी दिनमा केपी ओलिलाई साथ दिएर अघि बढ्ने प्रण समेत गरेका छन् ।

पाण्डे रुपन्देहीको सैनामैनामा रहि समाजसेवा अध्ययन तथा राजनीति गर्दै आउनुभएको छ । वर्तमान परिस्थितिमा केपी शर्मा ओलिको अडान देशलाई समृद्धिमा लैजान भएको दुरदर्शिता बाट प्रभावित भएर आफुसहित केही साथीहरू प्रवेश गरेको बताए , उनले भने “केपी ओलि जस्तो प्रधानमन्त्री न हामीले पढ्न पायौ न देख्न पायौ “ वहाँको कार्यशैली र आफ्नै पार्टीका नेताहरूबाट असहयोग भैरहेको बेला वहाँको अभियानमा इट्टा थप्नका निम्ति पनि प्रवेश गरेको बताए ।