नेकपा एमाले अर्घाखाँचीकाे ईन्चार्जमा चन्द्रबहादुर खड्का उज्ववल चयन

452

घनश्याम पाैडेल
अर्घाखाँची, १० बैशाख । नेकपा(एमाले)ले दशाै राष्ट्रिय महाधिवेशन आयाेजक कमिटीका सदस्यहरूकाे कार्यविभाजन गरेकाे छ ।

अर्घाखाँची जिल्लाबाट महाधिवेशन आयाेजक कमिटीमा रहनुभएका ४ जनाले जिम्मेवारी प्राप्त गर्नुभएकाे छ । जसअनुसार नेकपा एमाले अर्घाखाँचीकाे ईन्चार्जमा चन्द्र बहादुर खड्का (उज्ज्वल) चयन हुनुभएको छ ।

टाेप बहादुर रायमाझी माेर्चा संगठनकाे ईन्चार्ज, नजिर मियाँ मुश्लिम ईत्तेहाद संगठन तथा सम्वद्व संगठनहरूकाे ईन्चार्ज र बाेम बहादुर विश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाज तथा सम्वद्व संगठनहरूकाे ईन्चार्जकाे जिम्मेवारी पाउँनुभएकाे छ ।