नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको भवन शिलान्यास

589

काठमाडौ , वैशाख ११ ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । टोखा नगरपालिका वडा नम्बर ११ स्थित सामाखुसीमा भवनको शिलान्यास गरिएको हो ।

आज बिहानको शुभमुहुर्तमा वैदिक विधि अनुसार पुजा गरि प्रमुख कर्ताको रुपमा परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे र आचार्य भने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका उपप्राध्यापक डा पुरुषोत्तम भट्टराई र सहायक कर्ताहरु निवर्तमान सचिव एवम् वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थी , उपमहासचिव वेदराज पन्त, संगठन सचिव यामप्रसाद पौडेल , केन्द्रीय सदस्य शिवलाल पौडेल र ज्योतिषी वासुदेव गौतम रहनुभएको थियोे ।

नेपाल ज्योतिष परिषद् २०५५ साल पौष २४ गते दर्ता भै विभिन्न आरोह अवरोह पार गर्दै अहिले ७ प्रदेश समिति , ७७ जिल्ला समिति , उपत्यका समिति र केन्द्रीय समिति मार्फत सक्रिय रुपमा ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरुको हकहितका लागि निरन्तर कार्य गरिरहेको छ ।