कमला घिमिरे
पाणिनी, ११ बैशाख । शुक्रबार दिउँसोबाट सम्पर्कबिहीन भएका अर्घाखाँचीको पाणिनी गाउँपालिका- ५, मैदानका ३ बालिका सम्पर्कमा आएका छन् ।

शुक्रबार दिउँसो करिब ३:१५ बजे स्कुलको बिदाई कार्यक्रममा जाने भन्दै घरबाट हिडेका ती बालिकाहरु पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको ढुकुरखोला भन्ने ठाउँमा भेटिएको पारिवारिक श्रोतले जनाएको छ ।

सम्पर्कबिहिन हुनेहरुमा अन्दाजी १४/१५ वर्षीया पुजा घिमिरे, दिपा बेल्बासे र निशा घिमिरे रहेका थिए । उनीहरुलाई घरमा ल्याउँदै गरिएको पारिवारीक श्रोतले बताएको छ ।