अर्घाखाँची: दुई महिनामा ३३ सय हेक्टर जंगलमा आगलागि

363

घनश्याम पौडेल
अर्घाखाँची, १२ बैशाख । अर्घाखाँची जिल्लामा गत फागुन ७ गतेदेखी बैशाख ११ गतेसम्ममा ३३ सय हेक्टर वनमा आगलागी भएको छ । आगलागीबाट मानविय क्षति भने नभएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जंगलबाट लागेको लागो घरबस्तीमा पुग्दा अर्घाखाँची छत्रदेव केरूंगामा १ घर, र २ गोठमा आगोलागी भएको तथ्याकं छ । त्यस्तै भुमिकास्थानको नुवाकोटमा घर गोठ र शितगंगाको पिरापानिमा गोठमा आगलागी भएको छ ।
वनजंगलमा प्राकृतिक हिसाबले ९९ प्रतिशत मानिसको लापरबाहीका कारण आगोलागीका घटना बढेको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन श्रेष्ठले बताउँनुभयो ।

स्थानिय बासिन्दाहरुमा डढेलो लगाएपछि दाउरा, घाँस काटन पाईने मानसिकता भएका कारण आगलागीका घटना बढेको बताईएको छ । जिल्लाभरमा सब–डिभिजन वन कार्यालय छन, जंगलमा आगलागी गर्नेलाई कार्वाहीका लागी सुराकी लगाएका छौँ, प्रमुख श्रेष्ठले भन्नुभयो । डढेलोलाई नियन्त्रण लिनका लागी प्रहरी, शशस्त्र, नेपाली सेना तथा सन्धिखर्क नगरपालिकामा रहेको दमकलको प्रयोग गरिएको छ, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भन्नुभयो ।

आगलागीका कारण जंगलि जन्तुलाई असर परेको छ । जंगलमा रहेको जनावरको डाटा नै नरहेका कारण कति जंगली जनाबर आगलागीबाट मरे भन्ने तथ्याकं छैन, तर आगोलागी भएतापनि बाच्न सक्ने जनावर बसाई सरेर अर्को जंगलमा जाने गरेको वन कार्यालयले जनाएको छ ।

जंगलमा जथावाफी आगो लगाउँनेलाई वन ऐन अनुसार कार्वाही हुनेछ । अर्घाखाँचीमा १२४ वटा सामुदायिक वन रहेका छन् । सामुदायिक सँगै निजि वनहरूमा पनि आगोलागी भएको डिभिजन वन कार्यालयले जनाएको छ ।