अर्घाखाँचीः ११ वर्षपछि समातिए हत्याका अभियुक्त (भिडियोसहित)

732

घनश्याम पौडेल
अर्घाखाँची, १२ बैशाख । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ छत्रगञ्जका दिपक कुमालको हत्या गर्ने अभियुक्त प्रहरीको विषेश सुराकीबाट प्रकाउ परेका छन् । करिब ११ वर्षपछि हत्याका अभियुक्त समातिएका हुन ।

२०६७ भदौ ६ गतेका दिन बिहान ८ बजेर ४५ मिनेट जाँदा हत्या गरी फरार भएका ४९ वर्षिक हन्तिलाल कुमाललाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घरबाटै प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताउँनुभयो ।

हत्या गरेका कुमालले घरेलु हतियार हसिँया प्रयोग गरी २०६७ साल भदौ ६ गतेका दिन नै बिहानको ८ बजेर ४५ मिनेट जादाँ छत्रगञ्जको टुनीचौर स्थित खेतमा लाश फेला परेको भन्ने प्रेम कुमालले जाहेरी दिएका थिए । घटना पश्चात हन्तिलाल कुमाल फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए ।

उनलाई २०७८ साल बैशाख १० गते छत्रदेव गाउँपालिका वडा नं. ५ मा आफनै निवासमा लुकिछुपि बसेको सुचनाका आधारमा प्रहरीले प्रकाउँ गरेको हो ।
पक्राउ परेका कुमाल जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।