माधव खनाल
अर्घाखाँची, १३ बैशाख । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. १ ढाकावाङ्गको लामिडाडा निवासी गुनाखर भुसाल नारायण प्रसाद भुसाल र भुवान्द भुसालको घर गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

शनिवार साझ विद्युत सट भई आगलागी हुदाँ नारायण प्रसाद भुसाल र भुवानन्द भुसालको घर जलि घर पुर्ण रूपमा नष्ट हुनुका साथै घरमा भएको अन्न पात लत्ताकपडा नगद सवै जलेर नष्ट भएको छ । नारायण भुसालकै गोठ जलि गोठमा रहेका भैसि, पाडो र बाख्रा पनि जलेर नस्ट भएका छन । साथै नारायणका दाई गुनाखर भुसाल र भुवानन्द भुसालको गोठ बाख्राका खोर पनि जलेर पुर्ण रूपमा नष्ट भएकाे हाे ।