ब्राम्हण आर्यभन्दा क्षेत्री अलगभन्दै वितण्ड मच्चाइयो : मष्टो कुलदेवता प्रतिष्ठान

381

काठमाडौं । मष्टो कुलदेवता प्रतिष्ठानले ब्राम्हण आर्य भन्दा क्षेत्री अलग र उनीहरुको जाति खस हो भन्दै हल्ला फिजाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले आफूहरुसँग जोडिएका सबै धार्मिक, सामाजिक र संघ संस्थाहरु स्पष्ट रुपमा हिन्दू धर्मका अनुयायी हौँ भनी पूर्ण प्रतिबद्धता जनाएको छ ।

पत्रकार सम्मेलनमा हिन्दू धर्ममा ३३ कोटी देवता भएको र जसमा ब्रह्मा, विष्णु र शिवपछि इन्द्र, उनका छोरा मष्टो, शिवका छोरा गणेश, कमार, भैरव, आदिलाई अत्यन्तै महत्व प्रदान गर्दै मान्दै आएको मष्टो कुल देवाता प्रतिष्ठानका अध्यक्ष मोहन सिंह खड्काले बताउनु भयो ।

सो कारण मष्टो धर्म हो, भन्दै हिन्दू धर्मबाट अलग्याउने प्रपञ्च गरे हामीलाई आफुहरुलाई मान्य नहुने उहाँले बताउनुभयाे । त्यस्तो प्रपञ्चको सबै हिन्दूहरूले खुलेर विरोध गर्नै गर्न आह्वान पनि गरिएको छ ।

त्यस्तैगरी हिन्दू समाजमा ब्राह्मणलाई आर्य र क्षेत्रीहरूलाई खस बनाई विभाजन गर्ने षड्यन्त्रपूर्ण खेलको पनि सबै हिन्दूहरूले एकसाथ डटेर प्रतिकार पर्ने उहाँले बताउनु  भयाे।

‘हाम्रो खस समूदायमा जन्मको आधारमा नभई कर्मको आधारमा वर्ण विभाजन हुँदा ब्राह्मण क्षेत्री वैश्य शुद्र भएको यथार्थ सबैलाई अनुरोध गर्दै अब हामीले नेपाली नेपालीबीच विग्रह ल्याउने सवै प्रपञ्चको डटेर सामना गर्नु पर्दछ र राष्ट्रिय जनगणना २०७८ को अभियानलाई माध्यम बनाएर हामी नेपाली नेपालीबीच विखण्डन ल्याउने सबै प्रकारका षडयन्त्रअविलम्ब नरोकिए गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा सम्बन्धित पक्ष र नेपाल सरकारसँग जोडदार रूपमा प्रस्तुत गर्दै विदेशी धार्मिक प्रकृतिका गैरसरकारी संस्था यू.एम.एन. जस्ता यस प्रकारको विग्रहकारी काममा संलग्न भएकोमा भर्त्सना गर्दैउक्त संस्थालाई नेपाल सरकारले खारेज गरोस् भन्ने पनि माग गर्दछौं ।’ मष्टो कुलदेवता प्रतिष्ठानले निकालेको बिज्ञप्तिमा जनाइएको छ ।

नेपाली समुदायहरूमा सामाजिक, धार्मिक, साँस्कृतिक विचलन, विखण्डन गर्ने कोही कसैबाट सञ्चालित भई आघात पुयाउन र आस्था किन्ने सबै गतिविधि रोक्न समेत सरकारसँग थप मागसमेत गरिएकाे छ ।

वि।सं। २०७३ सालमा विधिवत दर्ता भई संचालनमा आएको मष्टो कुलदेवता प्रतिष्ठानले कुलपूजा तथा मष्टो संस्कृतिलाई निरन्तरता दिदै आइरहेको छ ।