काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार चार सय जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४२ जना र आठ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १४ गरी तीन हजार पाँच सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख तीन हजार पाँच सय ६१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७८ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ७७ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा २२ हजार चार सय ३४ जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा सात जनासहित थप १२ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ७६ पुगेको छ ।