पशुपति क्षेत्र विकास कोष सदस्यमा शिवाकोटी नियुक्त

95

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रमेश शिवाकोटी नियुक्त भएका छन्। पूर्वसदस्य रहेका उनी पुनः परिषद् सदस्यमा नियुक्त भएका हुन्।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले सोमबार कोष कार्यालयमा शिवाकोटीलाई स्वागत गरेका थिए। ‘एक ढिक्का भएर काम गर्नुपर्ने समयमा अनुभवी शिवाकोटीको आगमनले हरेक काम सहज हुनेछन्’, थापाले भने। पशुपतिको जग्गा खोजी तथा संरक्षण र आयव्ययमा पारदर्शी बनाउन यसअघि पनि भूमिका निभाएको उनको भनाइ छ।

नवनियुक्त सदस्य शिवाकोटीले अघिल्लो कार्यकालमा जग्गा छानविन, प्रकाशन, सुनको जलहरी लगायतका समितिमा बसी काम गरिसकेका छन्। ध्रुव उप्रेतीले सदस्यबाट राजीनामा भएपछि खाली पदमा शिवाकोटी आएका हुन्। सदस्यको पदावधि चार वर्षको हुन्छ।