बिर्तामोड । पार्टीको नेतृत्व पुस्तान्तरणको अभ्यास गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ। पार्टीका निवर्तमान जिल्ला सचिव केशव ओझालाई अध्यक्षमा निर्वाचित गर्दै झापा जिल्ला अधिवेशन सम्पन्न भएको हो।

प्रतिनिधि सभा सदस्य तथा पार्टीका नेता राजेन्द्र लिङदेनका अनुसार अबदेखि पार्टीका कोही पनि दुई कार्यकाल भन्दा बढी समय नबस्ने निर्णय गरिएको छ। पार्टीको अधिवेशनले व्यवहारमै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको उनले जानकारी दिएका छन्। जिल्ला अधिवेशन अघि गरिएका विभिन्न स्थानीय तहका अधिवेशनका सिल्सिलामा झापाका तीन मुख्य नगरमा महिला नेतृत्वलाई चयन गरिएको छ। नेता लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्, केशब ओझालाई अध्यक्ष चयन गर्दै राप्रपा झापाको अधिवेशन सम्पन्न ।

aaaa