ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

456
File photo

अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका स्वकीय सचिव लिला जिसीले जानकारी दिनुभयो ।

उहाँले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गर्नुभएको छ । उहाँको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको उहाँको सचिवालयले जनाएको छ ।