गणेश खनाल
अर्घाखाँची बैशाख,१७ गते ।
भुमिकास्थान नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ । कार्यालयका लेखा कर्मचारी सहित अन्यलाई कोराना लागेपछि शुक्रबार देखि बैशाख २३ गते सम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउतले जानकारी दिनुभयो । भुमिकास्थानमा हालसम्म कोरानाले ५ जनाको मृत्युु भएको छ भने १५ हाल सक्रमित रहेको जनाईएको छ ।