धरहरा र केपी ओलीको समृद्धि !

259

सुरेशमणि त्रिपाठी
आफ्नै देशको जनतालाई तालिवान को शैलीमा दुई दिनको अल्टिमेटम दिएर काठमाडौँ खाली गर्न लगाएर सरकारले आफ्नो जन्ता प्रतीको उत्तरदायित्व उदाङ्गो पारेको छ।
यदि काठमाडौँ मात्र नेपाल हो भने सरकार थानकोटबाट बाहिर निस्कन तिमीलाई निसेधाज्ञा जारी गरिएको छ।
प्रधानमन्त्री ज्यूले धरहरा लाई आइफल टावरसँग(Eiffel tower) तुलना गर्दा हाँसो र उदेग दुबै लागेको छ। किन भने आइफल टावर(Eiffel tower) एउटा टावर मात्र नभै फ्रान्सको सम्पन्नता को एउटा प्रतिविम्ब पनि हो। हाम्रो देशको जनता जहाँ अहिले पनि प्रत्येक वर्ष झाडा पखालाले सयौंको संख्यामा ज्यान गुमाउन बाध्य छन्, त्यो देशको सम्पन्नताको प्रतिविम्ब धरहरा कसरी हुन सक्छ?
प्रधानमन्त्री ज्यू देशको जनता कोरोनाले आक्रान्त भइरहेको बेला राजनीतिक जोडघटाउ छोडेर आफैले उद्घाटन गरेको धरहरामा चढी आर्यघाट तिर फर्केर कोरोनाले मृत्यू भएका आफ्नो जनताको लाहाश गन्नुहोस र प्रभु राम लाई श्लोक वाचेर सुनाउनुहोस ।                                                                                        “ताली पिटे, थाल पिटे, अब पिट्ने हो जनतालाई,
दियो बाले, मैनवत्ति बाले , अब बाल्ने हो जनताको लाहाश लाई,
सरकारको समर्थन गरेनौ भने सकदिन्छु सारा नेपाली जनतालाई।”