विमला केसीको वक्तव्य– मैले माओवादी रोजेकी छु

312

दाङ  । लुम्बिनी प्रदेशको सत्ता समीकरण आइतबार बिहानैदेखि चर्चाको केन्द्रमा छ ।

आज बोलाइएको प्रदेश सभा बैठकअघि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा दाबी गरे पछि चर्चा सुरु भएको हो ।

तर नेकपाबाट निर्वाचित सांसद विमला केसी आफू माओवादी केन्द्रमा लाग्ने वक्तव्य जारी गरेसँगै पोखरेलको बहुमत गुमेको हो ।

“म विमला कुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट निर्वाचित क्षेत्र नम्बर दाङ ३ (२) बाट लुम्बिनी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको हुँ । नेकपा दुई दलहरु नेकपा एमाले नेकपा माओवादी केन्द्र मिलेर एकता गरेको सबैलाई जानकारी छँदैछ । पछि सर्वोच्च अदालतको फैसलाले नेकपालाई मान्यता नदिइ पुरानै दल कायम गरिदिएको हुनाले म निवाचित भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र दल रोजेको छु । र आजैबाट यस दलको लुम्बिनी प्रदेश सभा दल सदस्य भएको यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छु ,” वक्तव्यमा भनेकी छन् ।