कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

406

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आइतबार उनले स्टार अस्पतालमा स्वाब परीक्षण गराएका थिए ।

सामाजिक सञ्‍जालमा उनले दिएको जानकारीअनुसार सोमबार बिहान आएको रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलाको निर्देशनअनुरुप औषधि लिइरहेको र होम आइसोलेसनमा बसेको पनि उनले बताएका छन् । उनले सबैलाई सजग हुन आग्रह गर्दै लेखेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।’ उनको स्टाटस जस्ताको त्यस्तै

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l

टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l

सबैलाई विनम्र आग्रह छ – सजग बनौं