अर्घाखाँचीको धातिवाङका एक कोरोना संक्रमित पुरुषको मृत्यु

54

अर्घाखाँचीको पाणिनी गाउँपालिका- ६, साविक धातिवांग ०८ का चून्नप्रसाद पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा ७५ वर्षीय पुरुष रहेका छन् ।

बैशाख १५ गते कोरोना पोजेटिभ देखिएको ती पुरुषमा आज बिहान अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको डा. गौतमले बताए ।