कोरोना भाइरस र पीडित नेपालीको लाचार सरकार

266

प्रकाश घिमीरे । कोरोना भाइरस विश्वभरी र हाम्रो देशमा पनि तिव्र गतिमा फैलिएको छ । कोरोना भाइरस मार्च महिना देखि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा घोषणा गर्यो । हाल नेपाल र भारत यसबाट अत्यधिक प्रभावित भएको कुरा सम्पूर्ण महानुभावहरुमा सर्वविदितै छ।कोरोनाको पहिलो चरण भन्दा अहिले दोस्रो चरण बाट हाम्रो देश बढी प्रभावित भएको छ।यसबाट अझै धेरै चुनौती झेल्न बाँकि छ तर सरकार यसमा गम्भीर छैन।आफैले सुरुवाती चरणमा २५ जना भन्दा बढी भेला नहुन,जमघट कम र निषेधाज्ञा जस्ता नियम लगायो र आफै उल्लंघन गर्यो । जनतालाइ कडा नियम सरकारका जिम्मेवार व्यक्तिबाट नै यसको अवज्ञा गरिनु कति सम्म जायज हो ?

एउटा कुर्ची पाउँँँदैमा कोहि पनी सहि लिडर हुन सक्दैन भन्ने कुराको वास्तविकता हाम्रो देशमा झल्किरहेको छ।हामी महसुस गर्छौ हाम्रो देशमा एउटा सच्चा लिडरको कमि भएकै हो।”A leader is one who influences or leads others” एउटा लिडर त्यो हो जसले अरुको सोच परिवर्तन गर्न सकोस० तर हाम्रो देशमा जब लिडरकै सोच परिवर्तन गर्नु पर्ने भएको छ,यहाँ कसरी अरुको सोच परिवर्तन हुन्छ।नेपालमा देश हाक्ने लिडर वन्न तछाडमछाड छ जनताले कस्तोलाइ सहि लिडर मान्ने भन्नेर अल्मलीएको अबस्था पनि छ।पछिल्लो समय पढेलेखेका लाइ लिडर मान्ने कि१अनपढ लाइ मान्ने कि१ हत्यारा,गुन्डा, लुटेरा लाइ उत्कृष्ट लिडर मान्ने भनेर जनतालाइ अलमलाइदिएको अबस्था छ। एउटा नाच प्रतियोगिता जस्तो भएको छ नेपालको लिडर छान्ने प्रबिधि। (Leader) शब्द आफैमा शक्तिशाली छ तर हाम्रोमा कमजोर साबित भएको छLEADER:- L:-Lead by example E:-Enthusiastic A:-Ambitious D:-Determind E:-Encourage others R:-Ready to learn&teach यि विशेषता मध्ये एउटा पनी विशेषता हाम्रा लिडर भित्र नभएर हाम्रो देश र यहाँका जनताले दुस्ख पाएको सहजै बुझ्न सकिन्छ। जनताले सरकारलाइ देशको बागडोर समाल्ने जिम्मेवारी दिएर पठाएका हुन तर सरकारलाइ जनता प्रतीको उत्तरदायित्व र कार्ययोजना के हो भन्ने कुरा आभास हुन सकेन।

जनता नाकाबन्दी,भुकम्प र कोराना जस्ता महामारी बाट बारम्बार पीडित भए र अहिले पनी झन ठुलो चुनौती बेहोर्नु परेको छ।देशको अर्थतन्त्र दिन प्रतिदिन खस्किएको छ तर सरकार आफ्नो दुनियाँ सझाउन लागेको छ। सरकारले केहि गर्ला कि भन्ने आस राखियो तर सरकार भ्रष्टाचार र उल्टा उल्टा किर्ते गरी लाचार बन्दै गयो।जनताको पीडामा मलम लगाउने कसलेरु सरकार जनता प्रतिको जिम्मेवारीमा धेरै ठाउँबाट चुकेको छ सबै ब्याख्या गर्ने हो भने एउटा महाकाब्य नै बन्छ।पछिल्लो समयको एउटा सानो यथार्थ उदाहरण दिन मन लाग्यो भेन्टिलेटर सहितको हस्पिटल बनाएर जनता बचाउने साटो ४अर्ब रुपैयाँ खर्च गरेर धरहरा बनायो।जनताबाट अधिकार पाएर जनता माथीनै दमन,अत्याचार र देश प्रतिका कु किर्ते देख्दा र सम्झिदा धरहराबाट काठमाडौ हेर्न गएको नेपाली त्यहि बाट हाम फालेर नेपाल छोडन बाध्य हुने स्थिति सरकारले सिर्जना गरेको छ।

बास्तबमा जनता सरकार बाट डराए तर सरकार जनता बाट डराएन यो कस्तो उल्टो बिधि,उल्टो सासन१हुन त हामी पनि कता कता चुकेका हौ कि २५०बर्ष सासन चलाएको राजसंस्थाको कार्यशैली मन नपरेको हुनाले हटायौ तर झुठा आसवसन दिएर हामीलाइ लोभ्याउने राज नेताको अन्धोभक्त बन्यौ,जसले गर्दा देश पनि दुस्ख पायो हामीले पनि दुस्ख पायौ।देश बनाउने नाउँमा पछिल्लो समयमा भ्रष्टाचार गरी कालो धन थुपार्ने भ्रष्ट नेताहरुको बिगबिगी देखिएको छ। कालो धन देशको लागी विष हो,विष रोपेर देशमा अमृत कहिलै फल्दैन बरु देश नै विषाक्त हुन्छ। यो देश गलत किर्ते गर्नेहरुको पेवा बनेको छ। अब यहाँको फोहोर सफाइ गरी हाम्रो देश र जनतामा सुगन्ध थप्ने बला आएको छ।यो जिम्मेवारी हामी सबै नेपाली जनजनमा थपिएको महसुस गराउदै अब भगवानको नाउँमा ढुङगा हैन सान्चिकै भगवान खोजी गर्नु पर्दछ। देश लाइ हराबरा बनाउन र देश प्रतिको जिम्मेवारी निभाएर देशभक्ती झल्काउन सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछु ।(जय देश,जय मातृभुमी ।