केशब प्र. चौलागाई 

कलिको ५१२० वर्षमै चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभरी नै महामारीको रुप लिएर लाखौको ज्यान लिनुका साथै आ–आफ्नो सिमाभित्र, घर भित्र रहन बाध्य पारेको घटनाले प्रकृति र ईश्वर प्रति सोच्न बाध्य बनाएको छ । विश्व शक्ति बन्ने होडमा प्रकृति माथीको दोहन, आणविक हतियारहरुको उत्पादनका साथै जिवाणुहरुलाई समेत हतियारको रुपमा भण्डारण गरिएको कुरा कसैसंग लुकेको छैन । मानवता र प्रकृति माथी गरिएको अपराधका कारण प्रकृति र ईश्वरीय प्रतिक्रियाको रुपमा द्धन्द्ध महामारीहरुको मारमा बिश्व पर्दै आइरहेको कुरा तर्फ अहिलेको कोरोनाको महामारी पश्चात् पुनः बिश्वले अनुभब गरेको छ । जीब, प्रकृति र ईश्वरसंगको सम्बन्धलाई प्रकाश पार्दै अमानविय क्रियाकलापबाट बिश्वका जनतालाई जोगाउनु हामी सबैको कर्तव्य हो । आकाशमा सधैं देखिने सुर्य चन्द्रमाले सृष्टि र मानव जीवनलाई प्रतिदिन सञ्चालन गरिरहेको तथ्यबाट विचारलाई अगाडी बढाउदा सृष्टिका यावत संरचनालाई बुझदै त्यसै अनुरुप जीवन र जगतलाई सञ्चालन गर्नु नै ईश्वरीय बिश्व व्यबस्था हो भन्न सकिन्छ । प्राणो वै अकंः अर्थात प्राणको श्रोत नै सुर्य हुन भन्ने प्राचीन मान्यतालाई आधुनिक विज्ञानले पनि क्गल ष्क तजभ कयगचअभ या षिभ भन्दै स्वीकारेको देखिन्छ । यसरी प्राणको श्रोत सुर्य हुन भने स्वर परिवर्तनको कारण चन्द्रमा हुन । प्र
त्येक घण्टा मानिसको स्वर परिवर्तन चन्द्रमाले गराउदै शरीरमा तापक्रमलाई सन्तुलित गराउदछन । स्वास प्रस्वासको माध्यमबाट जीवित तुल्याइ रहने सुर्य चन्द्रमाको कारण पृथ्वीमा मानिस लगायत सबै जीव र बनस्पतिहरु अस्तित्वमा रहेका छन् । यिनै तथ्यहरुलाई दैनिक जीवनमा उतार्न सक्दा ईश्वरीय अनुभूतिका साथै आनन्दको लाभ लिन सकिन्छ । यहि कुरालाई व्यबहारमा प्रमूखतका साथ लागू गराउदै प्रकृुति र ईश्वरीय बिश्व व्यबस्थालाई सफल बनाउँ ।
क्ष्। प्रत्येक शुक्लपक्षमा सुर्यादय संगै मानिसको बायाँ नांडी (ईडा) बाट स्वर प्रवाह भई तीन दिन सम्म त्यही क्रमले भइ रहन्छ । तत् पश्चात हरेक घण्टामा स्वाभाविक रुपले स्वर पविर्तन भइ रहनु चन्द्रमाको मानव शरीरमा प्रत्यक्ष प्रभाव तथा नियन्त्रण हुनु हो । त्यस्तै प्रत्येक औशी (अमावश्य) का दिन देखी तीन सम्म प्रथम स्वर दाँया नाडी (पिंगला)बाट स्वर प्रवाह हुनु चन्द्रमाको पूरा चक्रपुरा हुनु हो । हाम्रो दैनिक जीवनमा सुर्य र चन्द्रमाले पारिरहेको प्रभावलाई सबैधर्म, सबै महादेशका मानिसहरुमा समान रुपले अनुभूती हुने तथ्य हुन । यहि तथ्यलाई दर्शनको रुपमा, दैनिक योगाभ्यास, ज्योतिष, तन्त्र,साधना, पुजनमा उपयोग गरिरहेको सनातन धर्म बिश्व व्यबस्थाको श्रोतकै स्पमा रहेको छ ।

क्ष्क्ष्। दाहिने नासिकालाई पिंगला नाडी तथा सुर्य नाडी भनिन्छ भने देब्रे नासिकालाई ईडा नाडी तथा चन्द्रस्वर भनिन्छ । मानिसको दाहिने नाडीलाई सुर्यले सञ्चालन गर्दछन् भने बायाँ नाडीलाई चन्द्रमाले सञ्चालन गर्दछन् । यही रहस्यलाई योगीजनहरुले प्रणायम, सुर्यनमस्कार लगायतका अभ्यासबाट समाधिको अबस्था (मुक्ती) सम्ममा पुग्दछन् ।

क्ष्क्ष्क्ष्। “ आदौ चन्द्रः सितेपक्षे भास्करस्तु सितेतरे । प्रतिपत्तो दिनान्याहुस्त्रीणि त्रीनि क्रमोदये ।”शुक्लपक्षको प्रतिपदा तिथि देखी तीन–तीन दिनको क्रमबाट चन्द्र अर्थात बाया नासिकाबाट पहिले सञ्चालन हुन्छ । अर्थात शुक्लपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी,त्रयोदशी, चर्तुदशी र पुर्णीमा यि नौ तिथि प्रातः काल सुर्यादय भन्दा पहिले बाया नासिकाबाट र चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यि ६ तिथिमा प्रातः काल पहिले दाया सुर्य नाडीबाट स्वासप्रश्वास प्रारम्भ हुन्छ । कृष्णपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी,अष्टमी, नवमी, त्रयोदशी, चर्तुदशी तथा अमावश्यमा यि नौ तिथिमा सुर्यादयको पहिले समयमा दाया सुर्य नाडीबाट स्वासप्रश्वास प्रारम्भ हुन्छ र चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यि ६ तिथिमा सुर्यादयकालमा बाया नासिकाबाट श्वास चल्न प्रारम्भ हुन्छ । हरेक अदाईघडी (एकघण्टा) पछि अर्को नासिकाबाट चल्दछ ।

क्ष्ख्। यत् पिण्डे तत् ब्रहमाण्डे अर्थात यो पिण्डे (शरीर) र (ब्रमाण्ड) एउटै हो भन्ने सुत्रका आधारमा योशरीर ब्रमाण्डको प्रतिमुर्ती नै हो । शरीर र शरीर भित्र रहेका चक्रहरुमा सुर्यको प्रभाव र सम्बन्धलाई हृढंगम गर्दे योगीहरु कुण्डलीनी जागरणका साथ ब्रमाण्ड संग तदात्मता गास्दछन् । ख्। पूर्णीमाको समयमा समुन्द्रमा चनद्रमाको गुरुत्वाकर्षणका कारण उत्पन्न हुने ज्वारभाटा जस्तै महिलाहरुको रजस्वलाको चक्र चन्द्रमाको परिभ्रमणका कारण भएको तथ्यले चन्द्रमाको मानव जीवनमा पर्ने प्रभाव सबैले अनुभव गरी रहेकै कुरा हुन । बनस्पतिहरुलाई पोषण लगष्यतका अनगिन्ती प्रभावहरु रहेका छन् ।

ख्क्ष्। ईश्वरले सृष्टि संगै यज्ञको उत्पति गरि यज्ञ हवनद्धारा सृष्टिलाई पोषण गर्ने उपाय बताइए अनुसार सुय र चन्द्र साधनाद्धारा प्रकृतिलाई पुष्टि गराउने कार्य सनातन धर्मावलम्वीहरुले गर्ने परम्परा रहेको छ । संयुक्त राष्ट्र संघको स्थापनाको उद्देश्यलाई सुर्य र चन्द्र साधना र अभ्यासले बल पु¥याउने हुदाँ बिश्व व्यबस्थाको आधार बन्न गएको छ । प्रकृतिलाई नष्ट पार्ने ग्यास, जिवाणु लगायतका उत्पादनहरुलाई बन्द गराउन हाम्रा धार्मिक अभ्यासहरुले बिश्वका धर्मलम्बीहरुको सहकार्यमा नेतृत्व गर्नुपर्छ । ईश्वरीय बिश्व व्यबस्था स्थापनाका लागि सुर्य रचन्द्र साधना साझा बन्ने छ स्वर्गीय अवस्थाको अनुभूती सबैले गर्न सक्ने छन् ।

ख्क्ष्क्ष्। व्यक्तिगत र अन्र्तराष्ट्रिय संग्रहको प्रतिष्पर्धालाई सन्तुलित बनाउन श्रीमद्भागवत महापूराणको निम्नश्लोक पनि बिश्वको लागि अनुकरणीय बन्न सक्छ । “यावत म्रियेत जढरं तावत् स्वत्वं हिदेहिनाम । अधिकं योभिमन्यत स स्तेनो दण्डमर्हति ।” अर्थात जति द्रव्य भोक मेटाउन आवश्ययक पर्दछ त्यति प्राप्तिको मात्र अधिकार छ । त्यो भन्दा बढी प्राप्ति गर्न खोज्नु दण्डनीय हो भन्ने वचनले अधिक बलशाली, धनी हुन जे पनि गर्न चाहनेहरुलाई निरुत्साही बनाउँदछ । ईश्वरीय बिश्व व्यबस्थाको लागि सैद्धान्तिक आधार बन्न सक्दछ ।

ख्क्ष्क्ष्क्ष्। ॐ पूर्णम्दः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते, पूर्णस्य पूर्णमादाय पूर्णमेवाशिण्यते वृहदारण्यक उपनिषदको यो वचनले सृष्टिकर्ता, सृष्टि र जीवको पूर्णता सम्बन्धलाई बुझाउदछ । ईश्वरीय बिश्व व्यबस्थाको महत्व र सम्भावनालाई यस वचनले सहयोग पु¥याउनुका साथै सबै धर्म तथा सबै महादेशका व्यक्तिहरुलाई एक बद्धता गराउन सजिलो बन्दछ ।

क्ष्ह्। “ सद्धदयं सांमनस्यमविद्वेषं कुणोमिवः अन्यो अन्यममि हर्यत वत्संजातमिवाध्न्या ।’’ ईश्वरले हामीलाई सहृदय, एक मन भएको, द्वेषं नभएको बनाउनु भएको छ । हामीले एक दोश्रोलाई गाईले नवजात आफ्नो बच्चालाई स्नेह गरे जस्तै स्नेह गरौ भन्ने अर्थवेदको वचन बिश्व धुत्वको आधार बन्ने छ । “समानी व आकृतीः समाना हृदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति’’ “हामी सबैको जीवनको लक्ष्य एउटै हवस् हाम्रो हृदय र मन पनि एकै हवोस, जसबाट हामीले जीवन त्यसलाई प्राप्त गर्न सकौ भन्ने ऋगवेदको कथनले बिश्वका सबै मानिसहरुलाई एउटै मन,एउटै हृदय र एउटै लक्ष्य प्राप्तिको लागि प्रेरित गर्दछ । आज कोरोना भाइरस बिश्वभरी फैलिइएको अवस्थामा बिश्वका सबै राष्ट्रहरुको संकल्प र मन एउटै भएझै युद्ध र द्वन्द्वहरु समाप्त गरी स्वराज्य र मेलमिलाप स्थापनाका लाति पनि यसरी नै जुटन सक्ने आधार तयार भएको छ । लोकतन्त्र,राष्ट्रियता र समावेशीताको ज्ञारेन्टी गर्ने वैदिक स्वराज्य र उपनिषदले आहवान गरेको मेलमिलाप सबैको विचार र अभिमान नै बिश्व व्यबस्थाको नयाँ आधारशीला हो ।

ह्। “ आदौ चन्द्रः सितेपक्षे भास्करस्तु सितेतरे । प्रतिपत्तो दिनान्याहुस्त्रीणि त्रीनि क्रमोदये ।”शुक्लपक्षको प्रतिपदा तिथि देखी तीन–तीन दिनको क्रमबाट चन्द्र अर्थात बाया नासिकाबाट पहिले सञ्चालन हुन्छ । अर्थात शुक्लपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी,त्रयोदशी, चर्तुदशी र पुर्णीमा यि नौ तिथि प्रातः काल सुर्यादय भन्दा पहिले बाया नासिकाबाट र चतुर्थी,पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यि ६ तिथिमा प्रातः काल पहिले दाया सुर्य नाडीबाट स्वासप्रश्वास प्रारम्भ हुन् । कृष्णपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी,चर्तुदशी तथा अमावश्यमा यि नौ तिथिमा सुर्यादयको पहिले समयमा दाया सुर्य नाडीबाट स्वासप्रश्वास प्रारम्भ हुन्छ र चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यि ६ तिथिमा सुर्यादयकालमा बाया नासिकाबाट श्वास चल्न प्रारम्भ हुन्छ । हरेक अदाईघडी (एक घण्टा) पछि अर्को नासिकाबाट चल्दछ ।