पशुपतिनाथ परिसरमा इशाइको चिहान निर्माण गर्ने र शव गाड्ने कुरा निन्दनीय

949
काठमाडौँ । अाज मिति २०७८/१/२१ / गते पशुपतिक्षेत्रकाे श्लेषमान्तक वनमा ईशाइ (क्रिश्चियन धर्मावलम्बी)ले खाल्डाे खनेर गाड्न लागेको अबस्थाका दुईवटा शवलाई फिर्ता पठाएको छ ।
सुरक्षाकर्मीहरु र पशुपति क्षेत्र विकास काेषका कर्मचारीकाे सहयोगमा दुईवटा शव फिर्ता पठाइएको बुझिएको छ। अाराध्यदेव भगवान् पशुपतिनाथ जस्ताे हिन्दु अाेमकार परिवारको अास्थाकाे केन्द्रमा इशाइकाे चिहान निर्माण गर्ने / शव गाड्ने कुरा निन्दनीय कुरा हाे । अाफ्नाे धर्म संस्कृतिकाे संरक्षण /संवर्धन गर्नु हामी सबैकाे कर्तव्य भएकोले अाज सुरक्षाकर्मी र पशुपतिक्षेत्र बिकास काेषका कर्मचारीहरुकाे पहलमा शव फिर्ता पठाएकोमा सुरक्षाकर्मी र काेषका कर्मचारीलाई हार्दिक धन्यवाद दिन चहान्छु ।
पशुपतिनाथ हामी बिश्व भरिका हिन्दु अाेमकार परिवारकाे अास्थाकाे केन्द्र भएकाले श्लेशमान्तक वनमा पक्की चिहान निर्माण नगर्न , शव नगाड्न र बैकल्पिक ब्यबस्था गर्न सर्वाेच्च अदालतले गरेको फैसला विपरीत हिन्दु धर्म माथी अतिक्रमण गर्ने उद्देश्यले विभिन्न राजनीतिक शक्तिकाे अाडमा यस्ता कार्यहरु पशुपतिनाथक्षेत्रकाे श्लेषमान्तक वनमा गरिदै अाएकाे प्रति सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले अावाज उठाउँदै आएको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितीका महासचिव अस्मिता भण्डारीले हिन्दुखबर डटकमलाइ जानकारी दिनुभयो ।