हिन्दुखबर संवाददाता बुटवल, २१ बैशाख । लुम्बिनी प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायणआचार्य बन्नुभएकाे छ।

नेकपा एमाले अर्घाखाँचीकाे अध्यक्ष समेत रहनुभएका आचार्य शंकर पाेख्रेल नेतृत्वकाे सरकारकाे मन्त्री बन्नुभएकाे हाे । अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) बाट निर्वाचित हुनुभएका आचार्य नेकपा एमाले अर्घाखाँचीकाे अध्यक्ष समेत हुनुहुन्छ ।

मन्त्री भएपछि आचार्यलाई बधाई दिदै अर्घाखाँचीबासिले समृद्ध अर्घाखाँची बनाउनमा पहल रहने बताएका छन् ।