मकै छर्नका लागी पानी परेसँगै अर्घाखाँचीका कृषक खुसी

455

घनश्याम पौडेल
अर्घाखाँची, २२ बैशाख । लामो समयसम्म परेको खडेरीपछि वर्षा भएपछि अर्घाखाँचीका कृषक खुसी भएका छन् । मकै छर्न, बेमौसमी तरकारी खेती र चैते धानका लागी आकाशे पानी राम्रो भएको कृषकहरु बताउँछन् ।

लामो समयसम्म परेको खडेरीपछि पानी पर्दा अर्घाखाँची जिल्लभरका बासीन्दा खुसी भएका छन् । खेतबारी सँगै पानी परेपछि घैटामा पनि संगालेर राखेका छन् । खानेपानीको समस्या भएको अर्घाखाँचीको छत्रदेव सहित जिल्लाका विभिन्न ठाउँका बासीन्दाहरु आकाशबाट पानी परेपछि घैटामा पानी संकलन गर्न व्यस्त रहेका थिए ।

आकाशे पानी भरमा मात्रै अर्घाखाँचीका कृषकहरु मकै छर्ने गर्छन । मकै छर्ने पानी परेसँगै खेत तथा बारीमा मकै छर्ने तथा बेमौसमी तरकारी खेतीलाई पनि टेवा पुगेको छ, बल्कोटका व्यवसायीक कृषक विष्णु भुसालले भने । पानी नभएका छत्रदेवका विभिन्न ठाउँमा पुसमा पानी परेसँगै पशुपालन र कपडा धुनका लागी पनि आकाशे पानीले सहज भएको भुसालले बताए ।

पहाडी भेगका अधिकांश किसानले पानी नभएर तरकारी खेती गर्न नपाएको गुनासो गरिरहँदा बैशाखमा परेको पानीले बेमौसमी तरकारी उत्पादनमा वृद्धि हुने कृषकहरु बताउँछन् ।
मोल फालेर मकै छर्न कुरेर बसेका कृषकहरुले मकै छर्न सुरु गरेका छन् । कतिपय ठाउँमा मंगलबार नै मकै छरेका छन् । पानी थप आएपछि कृषकहरुले ढुक्कले मकै छर्न पाउँने भएका छन् । लामो समयदेखीको खडेरीका कारण अस्तव्यस्त रहेको जनजिवन सहज हुने भएको छ ।

अर्घाखाँचीमा पानीकै अभावका कारण धेरै आगलागीका घटना भएका थिए । पानी परेसँगै आगलागीका घटना पनि अब नहुनेमा विश्वस्त रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताए ।
लामो समयसम्म खडेरी परेका कारण आगलागीका घटना घटेका थिए, प्रहरी, सेना, शसस्त्र, स्थानिय सरकार, स्थानिय बासीन्दा सबैको पहलमा आगोलागी नियन्त्रणमा लिएका थियौँ, अब पानी परेसँगै आगलागीका घटना कम हुने भए, प्रनाउ बुढाथोकीले भने ।

अर्घाखाँचीमा गोरु, हाते ट्याक्टर तथा ट्याक्टरको माध्यमबाट मकै छर्ने गरिन्छ । गोरुले भन्दा अर्घाखाँचीका सबै ठाउँमा जान सक्ने हाते पनी ट्रयाक्टरले जोत्दा बारी धुल्याउँन, खेताला लगाउँन पनी परेन श्रम र समयको पनी बचत हुन्छ ।
खेतालाहरुलाई पैसा दिएर पनी समयमा पाईदैनन खेतालाहरु, पैसा भएर पनी भएन । जोत्नलाई हली, बारी धुल्याउँन पनी खेतालाहरु नपाईने हुदाँ दुई दिनको गोरुको मेलो पाचँ घण्टामै जोतेर सकिन्छ, एक घर एक हाते टयाक्टरको आवश्यकता छ सितगंगा सुवर्णखालका रामु बेल्वासेले भने । यो त उदाहरण मात्र हो अर्घाखाँचीमा पछिल्लो समयमा जिल्लाका किसानहरु ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

स्थानिय र प्रदेश सरकारले पनि हातेटयाक्टर अनुदानमा प्रशस्त मात्रामा वितरण गरेका छन् । सानो हाते ट्रयाक्टर सम्मा र भिराला बारी तथा खेतलाई उपयुक्त मान्निछ। तरकारी खेती गर्नका लागी सानो हाते ट्रयाक्टर उपयुक्त हुने देखीन्छ