लुम्बिनीका एमाले प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दिए राजीनामा

294

बुटवल, २२ बैशाख । लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
बुधबार एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
राजीनामा उनले प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन्। राजीनामा पत्रमा प्रधानमन्त्री केपी ओलीप्रति समेत असन्तुष्टि जनाएका छन्। उनले सत्ताका नाममा राजनीतिक खिचातानी भएको भन्दै आराम गर्न चाहेको बताएका छन्।