प्रधानमन्त्रीले मागे कांग्रेससँग विश्वासको मत, काँग्रेसले भन्यो: दिन सक्दैँनौ

278

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । बुधबार देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न काँग्रेससँग आग्रह गरेको बताए ।

जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको सञ्चारकर्मीलाई महतले बताएका थिए । बैठकमा नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरूको सहभागिता रहेको थियो ।