धन्यवाद

545

अनन्त प्रसाद घिमिरे ।

अाे ! राष्ट्रका ठेकेदारहरु, गधालाइ गाई देख्नेहरु, भित्रभित्रै छुरा धसी प्रेमालाप गाउनेहरु, तिमीलाई धन्यवाद !

कालो चस्मा लगाएर सन्सार कालो देख्नेहरु, भक्तिगीत गाउँदै अस्तित्वलाई बेच्नेहरु, तिमीहरुलाइ धन्यवाद !

स्वाभिमान, स्वतन्त्रता अनि लोकतन्त्र, वाह! तिम्रा मूलमन्त्रहरु, देवताहरुलाइ खुशी पार्ने हो कि ? हाैस्याउने ? जे- होस् तिमीहरूलाई धन्यवाद!

वनमा डढेलो लगाएर- हरियो वन नेपालको धन भन्नेहरु, भाङ् खाएर शान्तिका गीत गाउनेहरु, तिमीहरूलाई धन्यवाद !

झिंगाका प्वाँख काटेर विमानको कल्पना गर्नेहरू, सुकिलो खोल ओढेर भित्रभित्रै कुहिएकाहरु राष्ट्रियताको नाममा सस्तो लोकप्रियता बटुल्नेहरु, तिमीहरूलाई धन्यवाद !

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।