अर्घाखाँचीका सिडिओ संक्रमितको स्वास्थ अवस्था बुझ्न वडा वडामा

199

अशोक खनाल
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कोरोना भाइरस संक्रमितको स्वास्थ अवस्था बुझ्न विभिन्न वडामा पुगेका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल जिल्लाको विभिन्न वडामा पुगि संक्रमितको स्वास्थ अवस्था बारे जानकारी लिएका हुन् ।

जिल्लाको भुमिकास्थान नगरपालिकाले केही दिन अघिबाट आफ्नो नगरमा एण्टिजेन मार्फत कोभिड-१९ टेष्टको सुरु गरेको थियो । सुरुवाती परिक्षणमा नगरपालिकाका ८७ जनामा संक्रमण पुष्टि भएको थियो ।

एउटै नगपालिकामा यति धेरै संक्रमित फेला परेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नगर प्रमुख रेशम थापा, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री ,प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरी नायब उपरीक्षक राम कृष्ण महर्जन, अनुसन्धान प्रमुख बिनय चत्रुबेदी सहितको टोली वडा वडामा पुगि स्वास्थ सुरक्षा सर्तकता अपनाउन आग्रह गर्दै आइरहेको छ ।