काठमाडौँ बैशाख २४ ,
बिश्व हिन्दु युवा संघ बाँकेका जिल्ला अध्यक्ष सुरजराज मल्लको असामयिक निधनको खबरले स्तब्ध भएको जनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष ऋषिकेजंग शाहले जारी गर्नु भएको शोक विज्ञप्तिमा स्वर्गिय मल्लको निधनले बिश्व हिन्दु युवा सघ र समग्र पूर्बिय दर्शनको आन्दोलनलाइ अपुरणिय क्षति भएको उल्लेख गर्दै स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्नुभएको छ। साथै शोकको यस दु:खद घडिमा शोकाकुल मल्ल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने प्रार्थना सहित गहिरो समवेदना प्रकट गर्नुभएकोछ ।

त्यस्तै बाँके जिल्ला अध्यक्ष मल्लको असमायिक निधन भएकोले विश्व हिन्दु युवा संघले शुक्रबार आयोजना गर्ने भनिएको सवै कार्यक्रम स्थगित गरिएको युवा संघका प्रवक्ता अनुराग शहले जानकारी दिनुभएको छ।