कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेः प्रधानमन्‍त्रीलाई विश्वासको मत नदिने

198
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद्‍को ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको काँग्रेस सासंद डिला संग्रौलाले बताईन ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गर्दै बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको काँग्रेसले जनाएको छ ।

‘कांग्रेस केन्द्रीय समिति बैठकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा गरेको निर्णयलाई अनुमोदन गरेको छ’, ‘यो अनुमोदनसँगै वैशाख २७ गते संसद्‍को विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।’
संवैधानिक परिषद् बैठक बहिष्कार गर्ने निर्णयसमेत काँग्रेसले गरेको छ।

त्यसैगरी बैठकले कोरोना महामारीमा जनताले उपचार नपाएको प्रति आपत्ति जनाउँदै महामारी नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।