सुनसरीको लाटिमाई माताको मन्दिरमा जबर्जस्ती मस्जिद बनाउन लागेकोमा विशेष आपत्ति सहित ध्यानाकर्षण

509

सुनसरी । सुनसरी जिल्लाको इनरुवा वडा नं-८ कंसबडान स्थित अनेकौ भक्तहरुको आस्थाको केन्द्र ऐतिहासिक प्राचीन लाटिमाई माताको मन्दिर जहाँ वार्षिक मेला पनि लाग्ने गरेको छ ।

No description available.

उक्त मन्दिरले भोगचलन गरि रहेको ठाउमा मुस्लिमहरुले जबर्जस्ती मस्जिद बनाउन थालेको जसको मन्दिर समिति तथा स्थानीयहरुले पनि विरोध गर्दा स्थानीय निकायले वास्ता नगरेको तथा मुस्लिमहरुले शक्तिको गलत प्रयोग गरेर निर्माण कार्य जारी राखेकोले यसमा नेपाल सनातन धर्म संस्कृति संगठनको विशेष आपत्ति सहित ध्यानाकर्षण भएको संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिनुभयो ।

संगठनका प्रवक्ता केशव वशिष्ठवंशिले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्ता धार्मिक स्थलहरुमा बेला-बेला उपद्रव मच्चाई रहने विरोधीहरुको चलखेल बन्द गराउन तथा उक्त मन्दिर क्षेत्रमा मस्जिद बनाउने कार्य यथाशिघ्र बन्द गराउन र आगामी दिनहरुमा यस्ता कार्यहरु नगर्न र नगराउन स्थानीय निकायमा अनुरोध गर्दछौं।No description available.